About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेनः नेता पौडेल

न्युज एजेन्सी नेपाल शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउनु नहुने बताउनुभएको छ ।

शुक्रवार नेपाल विद्यार्थी संघले काठमाडौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले विश्व विद्यालय कुनै राजनीतिक दलको भागबण्डाको आधारमा चलाउनु गलत भएको बताउनु भयो । उहाँले विश्व विद्यालयको स्वच्छ प्रतिष्पर्धाको आधारमा सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको वर्तमान अवस्थालाई सम्हाल्न सक्ने र बुझ्नसक्ने एवं विश्वविद्यालयमा सुशासन कायम राख्नसक्ने व्यक्तिलाई सरकारले छनोट गर्न आवश्यक रहेको बताउनु भयो । नेता पौडेलले उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा पर्न छोडेको भन्दै बताउनु भयो । उहाँले नेपाललाई कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो ? भन्ने विषयमा सरकार स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली समाजलाई कस्तो बनाउने भन्नेमा समेत सरकार प्रष्ट नभएको बताउनु भयो । उहाँले अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुट्याउने गरेको उदाहराण् दिँदै नेपालले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत पनि बजेट नछुट्याएको गुनासो गर्नुभयो । उहाँले अध्ययन र अनुसन्धान सरकारको प्राथमिकतामा नपरेको बताउनु भयो । उहाँले अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा अगाडि बढाउनु हुँदैन । विश्व विद्यालय कसले राम्रोसँग अगाडि बढाउन सक्छ । विश्व विद्यालयमा सुशासन कसले कायम राख्नसक्छ त्यसका आधारमा विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुपर्छ । उच्च शिक्षा अध्ययनको विषय नै राज्यको प्राथमिकतामा पर्दैन भने देशले उन्नति गर्न सक्दैन । नेपाललाई आवश्यक पर्ने कुन क्षेत्रको जनशक्ति कति हो त्यसको बारेमा पनि सरकार प्रष्ट छैन । नेपाली समाजलाई कस्तो बनाउन खोजिएको हो त्यसको बारेमा पनि प्रष्ट छैनौं । पूर्वाधारको कसरी प्रयोग गर्ने र पूर्वाधार प्रयोग गर्ने दक्ष जनशक्ति कसरी उत्पादन गर्ने विषयमा पनि प्रष्ट छैनौं । नेपालको तत्कालिन समस्या हल गर्नका निम्ति कस्तो जनशक्ति तयार गर्नुपर्छ भन्ने बारेमा पनि प्रष्ट छैनौं । अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुट्याएको थियो । हाम्रो देशमा सरकारले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत बजेट पनि छुट्याएको हुँदैन । अध्ययन र अनुसन्धान पनि सरकारको प्राथमिकतामा परेको छैन । अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गराउने नेपालले उच्च शिक्षा दिइरहेको हो भने त्यहीअनुसार बुझ्नु परो । नेपालमा उपयोगी नागरिक उत्पादन गर्न सरकारले उच्च शिक्षा दिइरहेको हो भने हाम्रो उच्च शिक्षा नेपाली मौलिकतासँग कहाँ जोडिएको छ । मुलुकको स्रोत र आर्थिक समृद्धिसँग कहाँ जोडिएको छ । हाम्रो स्रोतलाई चिनाउन नसक्ने विश्व विद्यालयको शिक्षाले सरकारको स्रोत उपयोग गर्न सक्ने नागरिक प्राप्त गर्नसक्छौं । नेपालको लागि आवश्यक डाक्टर,इन्जिनियर,अर्थशास्त्री लगायत देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने दायित्व कसको हो ।उच्च शिक्षाले मात्रै देशलाई आवश्यक जनशक्ति प्राप्त हुनसक्छ । त्यो राज्यको दायित्व हो । उच्च शिक्षा औपचारिक मात्रै हुन्छ भन्ने छैन । हरेक मानिसको सीप विश्व विद्यालयको डिग्रिसँग जोडिएन ।’

उहाँले सरकारले दिएको शिक्षा मुलुकको स्रोत र आर्थिक समृद्धिसँग नजोडिएको बताउनु भयो ।

 

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com