About Contact
१० फाल्गुण २०८०, बिहिबार
Close
बिज्ञापन
कपिलवस्तुका दुई पालिकामा माघ ८ गते स्थानीय बिदा

दर्पण पाेष्ट शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु।कपिलवस्तु छिमेकी राष्ट्र भारतको अयोध्यामा बनेको राम मन्दिरको उद्घाटन हुने दिन कपिलवस्तुका २ पालिकामा स्थानिय विदा दिइएको छ । उद्घाटन हुने दिन माघ ८ गते जिल्लाको शुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकामा स्थानिय विदा दिएको एक सुचना मार्फत जानकारी पाइएको छ भने बाकी रहेका पालिका हरुले यो समाचार तयार पार्दा सम्म कुनै आधिकारिक जानकारी प्राप्त न भएको स्रोत ले जनाएको छ।
उक्त दिन पालिका सहित वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अतिआवश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको हो ।

त्यस्तै उक्त दिन यहाँका बासिन्दाहरुद्वारा विभिन्न गाउँठाउँमा राम जानकी मन्दिरमा भगवान रामको पूजा प्रतिष्ठा गर्ने कार्यक्रम रहेकोले पालिका क्षेत्र भित्र कुनै पनि पशुपंक्षी, जीवजन्तु आदिको बध, मदिरा, माछामासुको विक्री वितरण लगायतका कार्यहरु नगर्न पनि पालिकाले आग्रह गरेका छन ।

सम्बन्धित

ताजा अपडेट
प्लम्बरलाई बुटवलमा दुई दिने तालिम
गायिका एलिना चौहानको ‘माया बसेको’ गीत सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com