About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
प्रधानमन्त्री कप क्रिकेटमा कोशीमाथि वागमतीको सहज जित

न्युज एजेन्सी नेपाल शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

ओपनर आशुतोष घिरैयाको सतकप्रेरित वागमती प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रवार कोशी प्रदेशमाथि जित निकाल्यो ।

वागमतीले कोसीमाथि ६४ रनको जित निकाल्दै जारी प्रतियोगितामा तेस्रो सफलता प्राप्त गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा वागमती दिएको दुई सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा दुई सय ९ रनमा अलआउट भयो । कप्तान अंकित सुवेदी र सुजन थपलियाले अर्धशतक बनाए पनि जित निकाल्न सकेनन् । अंकितले ५३ रन र सुजनले ५९ रनको योगदान दिए । अंकितले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । सुजनले ७६ बलमा चार चौका र तीन छक्का हिर्काए ।

आइस भट्टराई ३२ रनमा अविजित रहँदा ओपनर सोनु अन्सारीले २१ रन जोडे । त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा रहन सकेनन् । वागमतीको बलिङमा ईसान पाण्डले पाँच विकेट लिँदै कोशीको इनिङ धराशायी बनाए । सूर्य तामाङले दुई तथा रिजन ढकाल र प्रतिक श्रेष्ठले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वागमतीले ४८.३ ओभरमा दुई सय ७३ रनको योगफल बनाएको थियो । वागमतीका ओपनर आशुतोषले एक सय १८ रनको शतकीय योगदान गरे । १११ बलमा उनले १६ चौका र दुई छक्का प्रहार गरे ।

कप्तान रित गौतमले ४९ रन, रविन जोशीले ४३ रन र प्रतीक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आसुतोष र रितले एक सय ३१ रनको साझेदारी गरे । रितले ६० बलमा तीन चौका तथा रविनले ४५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कोसीको बलिङमा अभ्यास तिमिल्सिनाले तीन विकेट तथा हेमन्त राई र कमल खत्रीले समान दुई तथा फ्रिर्दोश अन्सारीले एक विकेट लिए । यो हारसँगै कोसीले जारी प्रतियोगितामा पाँच खेलको नतिजा सुम्पिन पुग्यो ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com