समाजसेवी युवा गोविन्द पौडेलद्वारा लिखु गाउँपालिकाका माविहरूमा टी–सर्ट वितरण

काठमाडौं ।  समाजसेवी युवा गोविन्द पौडेलले लिखु गाउँपालिकाभित्र रहेका आठ वटा माध्यमिक विद्यालयमा पुगेर एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गर्दै शुभकामना व्यक्त गर्नुका साथै टी–सर्ट वितरण गरेका छन्।

पौडेलले चिउरीडाँडा मावि, ज्ञान ज्योति मावि, भीमसेनस्थान मावि, यशम मावि, ग्रायुसि मावि, जाल्पा मावि, जनजीवन मावि तथा लेती मावि लगायतका विद्यालयहरूमा कार्यक्रम आयोजना गरी विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान स्वरुप टी–सर्ट वितरण गरेका हुन्। विशेषगरी एसइई दिने विद्यार्थीहरूलाई प्राथमिकतामा राख्दै विद्यार्थी तथा विद्यालयका कर्मचारीलाई समेत सामग्री प्रदान गरिएको उनले बताए।

यसअघि पनि समाजसेवी पौडेलले लिखु गाउँपालिका भित्रका प्रत्येक मावि विद्यालयलाई पटक–पटक खेलकुद सामग्री सहयोग गर्दै आएका छन्। शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुर्‍याउने उद्देश्यले उनले निरन्तर सहयोग गर्दै आएका छन्।

स्थानीयस्तरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका पौडेलको यस कार्यले विद्यार्थीहरूलाई उत्साहित बनाउनुका साथै विद्यालयको वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।