
काठमाडौँ । हामी नेपालीका अध्यक्ष सुदन गुरुङले नेपाली सेनासहित राष्ट्रपति रामचन्द्र पौडेललाई दुई घण्टाको अल्टिमेटम दिएका छन् ।
सेनाका उच्च अधिकारीसँग टेलिफोन गरेको भिडियो सार्बजनिक गर्दै उनले केहि घण्टाको अल्टिमेटम दिदै छिटो निर्णय गर्न चेतावनी दिएका हुन् ।
गुरुङले अब केहि घण्टामा निर्णय नभए आफुहरु राष्ट्रपति कार्यालय घेराउ गर्न जाने बताएका छन् ।
जेनजी समुहको तर्फबाट सुशिला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपनि अहिलेसम्म ठोस निर्णय नभएपछि यस्तो अल्टिमेटम आएको हो ।