About Contact
०१ आश्विन २०८१, मंगलबार
Close
बिज्ञापन
पश्चिम् अमवा खानेपानीको अध्यक्षमा झपेन्द्रराज अर्याल

तुलसीराम पौडेल सोमबार, माघ २९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ पश्चिम् अमवा स्थित पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको शनिबार सम्पन्न ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले पुनः झपेन्द्रराज अर्यालको अध्यक्षतामा सर्वसम्मत रूपमा नया समिति निर्वाचित गरेको छ। संचालक समितिको उपाध्यक्षमा सुर्यनारायण यादव ,सचिवमा केशव प्रसाद अधिकारी ,कोषाध्यक्षमा कपिल न्यौपाने ,सहसचिवमा बुद्दिराम चमार हरिजन सदस्यहरुमा माया खत्री ,नारायण केवट,राधा थापा ,हिमलाल पाण्डे ,टोलनाथ पौडेल ,रामबहादुर थारू , जोगराज अधिकारी ,तुलसी विक सर्वसम्मत निर्वाचित भएका छन् । त्यसै गरि लेखासमिती संयोजकमा श्रीराम न्यौपाने र सदस्यहरुमा टिकाराम न्यौपाने ,माया रोका सर्वसम्मत भएका छन् ।

साधारण सभाको उद्द्घाटन सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले एक कार्यक्रमका बिच गर्नुभएको थियो ।सो अवसरमा बोल्दै पालिका अध्यक्ष घिमिरेले मानव जिवनको लागि शुद्ध खानेपानी महत्त्वपूर्ण भएकोले सियारी गाउँपालिकाले सियारीका नागरिकको लागि प्रती महिना ८००० लिटर शुद्द खानेपानी निशुल्क उपलब्ध गराइरहेको कुरा स्मरण गराउनु भयो।सियारीका सम्पूर्ण नागरिकसम्म शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ सियारी गाउँपालिकाले सक्रिय रूपमा अगाडि बढ्ने अध्यक्ष घिमिरेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साधारण सभाले आर्थिक वर्ष २०७९र०८० को १ करोड ४ लाख ९३ हजार ९ सय १४ रुपैयाँ ८६ पैसा बराबरको आय व्यय पारित गरेको छ।

संस्थाका अध्यक्ष झपेन्दराज अर्यालको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खानेपानी महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल ,खानेपानी सब डिभिजन कार्यालयका प्रतिनिधि गहेन्द्र बराल ,सियारी (६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ , सियारी  ७ का वडा अध्यक्ष दिपक कुमार शाही ,पश्चिम् अमवा खानेपानीका संस्थापक अध्यक्ष एवं सल्लाहकार सुन्दर प्रसाद गुप्ता ,समाजसेवी कृष्ण नेपाल , समाजसेवी एवं शुद्दोधन बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष मिननाथ शर्मा ,मोतिपुर खानेपानी संस्थाका सचीव केशवराज पाण्डे ,सौ फर्साटिकर खानेपानीका अध्यक्ष ओम बहादुर फौदार लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालबाट अध्यक्ष प्रतिवेदन ,कोषाध्यक्ष कपिल न्यौपानेबाट आर्थिक प्रतिवेदन ,निवर्तमान लेखा संयोजक जोगराज अधिकारीबाट लेखा समितिको लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

संस्थाका निवर्तमान उपाध्यक्ष रत्नबहादुर पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव केशव प्रसाद अधिकारीले गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य मात्र रु ११,९९० मा
निःशुल्क स्वास्थ्य शिविर सुनवलमा

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com