About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
देवदह मेलामा दर्शकको आकर्षण

गोविन्द घर्ती सोमबार, माघ २९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

देवदह । आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा स्थानीय उत्पादन आकर्षणको केन्द्र बनेको छ । स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने गरी स्टलमा ५० प्रतिशत छुटको व्यवस्था गरेको महोत्सव मूल आयोजक समितिका संयोजक हरि भण्डारीले बताउनु भयो ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै बजारीकरणमा समेत टेवा पुर्याउने उद्देश्यका साथ आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव आयोजना गरेको संयोजक भण्डारीले बताउनु भयो । आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा महिलाहरुले उत्पादन गरेको विभिन्न प्रकारको अचार आकर्षणको केन्द्र बनेको हो ।

महोत्सव अवलोकन गर्नेहरुले महिलाहरुले उत्पादन गरेको अचार राम्रो रहेको प्रतिक्रिया दिएका छन् । देवदहमा रहेको निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाले प्रदान गरेको तालिम पश्चात अचार उत्पादनमा लागेको सरला अर्यालले बताउनु भयो । ६ जना महिलाहरुको निरन्तर कृषक महिला सहुह गठन गरी अचार उत्पादन गर्दै आईरहेको कुमारी शिलवालले जानकारी दिनु भयो । निरन्तर महिला साकोसले एक हप्ते अचार बनाउने तालिम दिएपछि आफुहरु उत्पादनमा जोडिनु पर्छ भनेर अचार उत्पादन लागेको उहाले जानकारी दिनु भयो । ६ जनाको समुह गठन गरी १०÷१० हजारको लागतमा अचार उत्पादन गर्दै आईरहेको र आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आउनेहरुले अचार किनेर लैजाने गरेको गुड्डी गुरुङ्गले बताउनु भयो ।

अहिले अमला, आप, कागती, लसुन, गाजर, तामा, मुला, खुर्सानी, गुन्दुक, लप्सी लगायतको अचार उत्पादन गर्दै आईरहेको गुरुङ्गले बताउनु भयो । समुहमा उत्पादन गर्दा लागत पनि कम लाग्ने र बजारीकरणमा समेत सहज हुनेगरेको उहाले बताउनु भयो । स्थानीय स्तरमा उत्पादन गरिएका वस्तुलाई प्रबर्द्धन गर्नको लागि आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव सहयोग गरेको सिता कुवरले बताउनु भयो । आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आफुहरुले उत्पादन गरेको अचार दैनिक रुपमा ५ हजार बरावरको विक्रि हुदै आएको गुरुङ्गले बताउनु भयो ।

आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवले आफुहरुले उत्पादन गरेका अचारलाई प्रवद्र्धन गर्ने गरी सहयोग गरेकोले निरन्तरता दिनको लागि प्रोत्साहन भएको गुरुङ्गले बताउनु भयो । स्थानीय स्तरमा उत्पादन गरिएका वस्तुको प्रवद्र्धन गर्नको लागि राज्यले पनि सहयोग गर्न आवश्यक रहेको समाजसेवी ईश्वरी ढुंगानाले बताउनु भयो । विशेष गरेर महिलाहरु मिलेर उत्पादन गरेको अचार राम्रो रहेकोले यसको बजारीकरणको लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्नेमा उहाले जोड दिनु भयो । उत्पादन बृद्धिले मात्र राष्ट्रिय अर्थतन्त्र बलियो हुने हुदा स्थानीय स्तरमा उत्पादन भएका हरेक वस्तुको प्रबर्द्धन संगै बजारीकरणमा सहयोग गर्नु पर्ने ढुंगानाले बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com