
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पदभार सम्हाल्नासाथ प्रतिनिधिसभा विघटनको सिफारिस गर्नु इतिहासकै महत्वपूर्ण क्षण हो। बालुवाटर पुगेर प्रधानमन्त्रीको कुर्सी सम्हालेको केही क्षणमै उनले संसद् विघटनको कदम चाल्नु जनआवाजअनुरूपको साहसिक निर्णयका रूपमा देखिन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदर गर्ने प्रक्रियामा पुगेको यो सिफारिसले अब देशलाई नयाँ चुनावी यात्रातर्फ धकेलेको छ। कार्कीलाई नियुक्त गर्ने मूल म्यान्डेट नै ६ महिनाभित्र निर्वाचन गराउनु हो, र त्यसतर्फ पहिलो ढोका खोलिएको छ।
तर प्रश्न के छ भने—यो संसद् विघटन र आगामी निर्वाचनले जनआकांक्षालाई पूरा गर्छ कि फेरि अर्को संक्रमणकालीन अनिश्चितता मात्र जन्माउँछरु कार्कीको निष्पक्ष नेतृत्व र पारदर्शी व्यवस्थापनले मात्र यसको जवाफ दिनेछ।