१५ दिनभित्र सार्वजनिक जग्गा खाली गर्न देवदह नगरपालिकाको निर्देशन

देवदह । देवदह नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर, भवन, टहरा, ट्रस लगायतका संरचना १५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ।

नगरपालिकाले जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पत्र तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक जग्गा, भवन तथा भौतिक पूर्वाधार संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको भएकाले यस्तो निर्णय गरिएको जनाएको छ।

सूचनाअनुसार देवदह नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा, बाटो, कुलो, ताल, पोखरी लगायत स्थानमा निर्माण गरी भोगचलन तथा अतिक्रमण गरिएका संरचना १५ दिनभित्र हटाउन भनिएको छ।

नगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् २०८३ वैशाख २८ गतेभित्र जग्गा खाली नगरे प्रचलित कानूनअनुसार हटाइने जनाएको छ। साथै हटाउने क्रममा लाग्ने खर्च, क्षतिपूर्ति तथा अन्य जिम्मेवारी सम्बन्धित पक्षबाटै असुल गरिने चेतावनी दिइएको छ।

May be an image of text