About Contact
०४ जेठ २०८१, शुक्रबार
Close
बिज्ञापन
सनराइज सामुदायिक बोर्डिङको १६औं अभिभावक भेला

दुर्गा प्रसाद काफ्ले बिहिबार, चैत्र २९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु /कपिलवस्तुकाे बुद्धभुमि नगरपालिका -१स्थित सनराइ सामुदायिक बाेडिङ्ग स्कुल भेलाईकाे १६औं अभिभावक भेला एवं बार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। बिद्यालयकाे प्राङ्गणमा आयोजित भेलाका बक्ताहरूले बिद्यालयकाे शैक्षिक गतिविधिका बारेमा प्रशंसा गर्दै अबको शिक्षा समयसापेक्ष ,प्रविधिमैत्री बनाउन सबैकाे सहकार्य आवश्यक रहेको बताए । बिद्यालयकाे सफलताको शुभकामना ब्यक्त गर्दै उनिहरूले यस्तो बताएका हुन । यसैबीच बिद्यालयले अतिरिक्त क्रियाकलाप ,लगनशील बिद्यालयमा सर्वाेत्कृष्ट,उत्कृष्ट हुन सफल बिद्यार्थीहरूलाई स्थान अनुसारको पुरस्कार बितरण गरेको छ। साथै बिद्यालयले आफ्ना बालबालिकाकाे पठनपाठन ,सरसफाइमा सहयोग पुर्यनउने अभिभावक र आहाेरत्र खटिएका शिक्षक शिक्षिकाहरूलाई टीका सहित पुरस्कृत गरेको थियो । २ सय बढी सहभागी सहित स्थानीय समाजसेवी ,बुद्धिजीवी ,शेयर सदस्य ,पुर्व पदाधिकारी ।शिक्षककर्मचारी ,शुभेच्छुक लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम ब्यस्थापन समितिका अध्यक्ष बलबहादुर बस्नेतकाे अध्यक्षता बुद्धभुमि नगर कार्यपालिका सदस्य कमला चौधरीकाे प्रमुख आतिथ्यता ,समाजसेवी कमल चौधरीकाे बिशिस्ट अतिथि ,शिक्षिका सीता बेलबासेकाे स्वागत र प्रिन्सिपल डम्बर सिंह सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी
कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com