अमृत भट्टराई , विहादी/ पर्वत ।पर्वतको विहादी गाउँपालिकामा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।
विहादी गाउँपालिका का अध्यक्ष परविन गुरुङको पहलमा विहादी गाउँपालिकाको आयोजना र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्रविधिक सहयोगमा सञ्चालन भएको शिविरमा पर्वतको बिहादी गाउँपालिका , फलेवास नगरपालिका , पैँयू गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयले स्वास्थ्य चेकजाँच गराएका थिए ।
बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालय को प्राङ्गणमा भएको शिविरमा २ हजार ४५६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
विहादी गाउँपालिकाका प्रमुख प्रविण गुरुङकाे सभापतित्व रहेकाे कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस सांसद डा. शुनिल कुमार शर्मा, रहनुभएको थियोे खोटाङका पूर्व सभापति सुभास पोखरेल, नेविसंघ केन्द्रीय सदस्य राजीव लामिछाने, बिहादीका विभिन्न वडाध्यक्षहरुलगायत सहभागी भएका रहेको थियो । कार्यक्रममा डा. शर्मासहित विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ ,उपप्रमुख मीना शर्मा तिवारी, केएमसीका प्रबन्धक दाहाल लगाएले मन्तव्य राखेका थिए ।
शिविरमा चेकजाँच पछि निःशुल्कऔषधि पनि दिएको विहादी गाउँपालिका स्वास्थ्य प्रमुख भुपेन्द्र नाथ पौडेलले जानकारी दिए । उनका अनुसार शिविरमा चेकभएका मध्य
स्त्रीरोग १२
मुटु रोग ११
नाक कान घाटीका १२
सर्जरी २२
हाडजोर्नी १२
मेडिसिन का १
आँखाका १ गरि जम्मा ६५ जना बिरामीहरु विभिन्न रोगका,शल्यक्रियाका लागि काठमाडौ रिफर गरिएको छ । उनिहरुको निशुल्क रुपमा शल्यक्रिया हुने सांसद शर्माले बताए । यस्तै कार्यक्रमको सभापति रहेका परिवन गुरुङले भने जनताले स्वास्थ्य क्षेत्रमा निकै सास्ती पाएको र स्वास्थ्यकै कारण बसाइँसराइ समेत गर्ने गरेको देखेरनै शिविर सञ्चालन गरेको बताए । गुरुङले आफू गाउँपालिका अध्यक्ष भएपछि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम ल्याउदै जनतालाई सेवा दिदै आएका छन् ।