About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
देवदहमा लुम्बिनी बौद्द विश्व विद्यालय उद्घाटन

दर्पण पोष्ट मंगलबार, फाल्गुण २९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

देवदह। रुपन्देहीको देवदहमा लुम्बिनी बौद्द विश्व विद्यालय देवदह कार्यालको उद्घाटन गरिएको छ । सोमबार पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु प्रसाद पौडेलले नव निर्मित डिन कार्यालको उद्घाटन गर्नुभएको हो।

नव निर्मित भवनको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य पौडेलले देवदहमा निर्माण हुन लागेको लुम्बिनी बौद्ध विश्व विद्यालयलाई देशकै उत्कृष्ट विद्यालयको रुपमा अगाडी बढाइने बताउनुभयो ।

हाल विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन भएको र १ खर्ब लगानीमा परियोजना संचालन हुन लागेको बताउँदै पौडेलले विश्व विद्यालय देवदहको मात्रै नभएर मुलुककै महत्त्वपूर्ण हिस्सा रहने बताउनुभयो । विश्व विद्यालय निर्माण सम्पन्न भएपछी स्वदेश तथा विदेशका २० हजार विद्यार्थी अध्ययन गर्ने आउने बताइएको छ।

देवदह ८ को टटेरामा निर्माण हुने विश्व विद्यालय सहित भौतिक संरचना निर्माणका लागि डिपिआर तयार गर्न मात्रै झण्डै ५० करोड खर्च गरिने बताउँदै देशकै गहनाको रुपमा रहने बताउनुभयो ।

उद्घाटन समारोहमा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा, विश्व विद्यालयका उपकुलपति डा। सुवर्णलाल बज्राचार्य, सिनेटर कपिल लामा लगायतले मन्तव्य व्यक्त गर्दै देवदहको विकासका लागि विश्व विद्यालयले महत्त्वपूर्ण योगदान गर्ने धारणा व्यक्त गर्नुभयो ।

सोहि अवसरमा असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने विश्व विद्यालयको कार्यालय भवन समय अगावै अर्थात ५ महिना अगाडिनै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यको स्वागत र डिन उकेशराज भूजुको संचालनमा सम्पन्न भएको थियो।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com