दुर्गा प्रसाद काफ्ले।जेसिआई कपिलवस्तको अध्यक्षमा प्रविन पौडेल चयन भएका छन् । बर्ष २०२४ । २५ को लागि उनलाई सर्वसम्मत रुपमा शाखाको १४ औँ अध्यक्ष चयन गरिएको हो ।
जेसिआई कार्यकारिणी उपाध्यक्षद्धयमा सन्तोष पाण्डे र मिन बहादुर थापा, उपाध्यक्षहरुमा किरण घिमिरे, राजन अर्याल, खिमानन्द घिमिरे, मदन अर्याल मनोनित भए । जेसिजको महासचिवमा भने जनक प्रसाद बेलबासे सर्वसम्मत भएका बताइएको छ । यस्तै कानुनि सल्लाहकारमा सुनिल पाण्डे सर्वसम्मत हुँदा कोषाध्यक्षमा झविन्द्र खनाल मनोनित भएका छन् ।
केहि समयपछि मनोनित सबैले एक समारोहकाबीच पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । जेसिजले लामो समयदेखि सामाजिक तथा मानवीय सेवामा काम गरिरहेको छ भने युवाहरुमा क्षमता वृद्धि लगायतका काम पनि गरिरहेको छ । पौडेलले आफूलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्न भूमिका खेल्ने सबैलाई धन्यबाद दिए।