About Contact
३१ जेठ २०८१, बिहिबार
Close
बिज्ञापन
म्याककफी उपहार धमाका–२०८० को विजेता घोषणा

न्युज एजेन्सी नेपाल शनिबार, माघ ०६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

म्याककफीको आधिकारिक आयातकर्ता आर्कस गु्रपले शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कुपन नम्बर ०६००६ लाई प्रथम २७००९ लाई दोस्रो र २२०९७ नम्बरको कुपनलाई तेस्रो विजेताको रुपमा घोषणा गरेको हो । विजेताको औपचारिक घोषणा वरिष्ठ फोटोग्राफर राजभाई लक्की ड्रमार्फत गर्नुभएको थियो । प्रथम र दोसो विजेतालाई पल्सर बाईक र तेस्रो विजेतालाई एनएक्स बाइक पुरस्कार राखिएको र त्यसको दाबी आगामी माघ १५ गते भित्र गरिसक्नु पनि विजेताहरुलाई अनुरोध गरिएको अर्कस ग्रुपका मार्केटिङ डाईरेक्टर गोपालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो वर्ष हाम्रो म्याककफीको म्याककफी धमाका भनेर प्रोग्राम राखेका थियौं । जसमध्ये हाम्रो यो साउन महिनादेखि पुस महिनासम्मको बिक्री गर्ने हाम्रो वितरक भयो । अनि, हाम्रो कन्जुमरहरुलाई लक्षित गरेर यो लक्की ड्र प्रोग्राम राखेका थियौं । जसमा चाहीँ फष्ट विनरले पल्सर बाईक पाउने, सेकेण्डले पनि पल्सर बाईक पाउने र तेस्रोले एनएक्स बाइक पाउने प्रोग्राम राखेका थियौं । त्यसैले आज घोषणा कार्यक्रम हो । यसमा हाम्रो ००१ देखि टोटल २९ थाउजेन्ट सम्म कुपन बाँडिएको थियो । जस अन्तर्गत जसमा ३ जना वीनरहरु घोषणा भएको छ । आगामी माघ १५ गतेसम्म दाबी गर्नुहोला । ’

म्याककफीको लोकप्रियता बढ्दै गइरहेकाले यसको बजार बिस्तारमा जोड दिन सो प्रोग्राम राखिएको अर्कस गु्रपले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता हुनैपर्छः सरोकारवाला
सुनवलको खोला—नाला ठेकेदार र स्थानिय माफिया चपेटामा

Facebook

दर्ता विवरण

 

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com