
काठमाडौँ । देशभर चर्किएको राजनीतिक अस्थिरता र आन्दोलनकै बीचमा विभिन्न कारागारहरूबाट सयौं कैदी फरार भएका छन् । राजधानीदेखि ग्रामीण जिल्लासम्म कारागार तोडफोड भएपछि भागेका कैदीहरू लुटपाट र तोडफोडमा समेत संलग्न भएको विवरण सार्वजनिक हुँदै गएको छ।
ललितपुरको नख्खु कारागारबाट सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने फरार भएको पुष्टि भएको छ। सोही कारागारबाट जनकपुर बमकाण्डमा दोषी ठहर भई १२ वर्षदेखि सजाय काटिरहेका पूर्वराज्यमन्त्री टकला समेत भागेका छन्।
काठमाडौँ उपत्यकामा कारागार तोडफोडपछि फरार भएका कैदीहरूले गएराति विभिन्न स्थानमा लुटपाट गरेको पाइएको छ।
फरार कैदीहरूको विवरण
प्राप्त जानकारीअनुसार–
-
भीमफेदी कारागार (मकवानपुर) : करिब २५० भन्दा बढी कैदी फरार
-
कास्की कारागार : ३७४ कैदी फरार
-
जलेश्वर कारागार (महोत्तरी) : करिब ५५० कैदी फरार
-
नख्खु कारागार (ललितपुर) : उच्च–प्रोफाइल कैदीसहित धेरै फरार
-
केन्द्रीय कारागार (सुन्धारा, काठमाडौं) : कैदी भागेको पुष्टि
-
झापा, सोलुखुम्बु, कैलाली, बैतडी, दाङ, रुकुम पश्चिम, कास्की र जुम्ला : विभिन्न संख्यामा कैदी भागेका छन्।