About Contact
२८ मंसिर २०८१, शुक्रबार
Close
बिज्ञापन
लुम्बिनी बौद्ध विश्वविद्यालयले बिशेष दीक्षान्त समारोह गर्दै, प्रधानमन्त्री ओली आउने

दर्पणपाेष्ट मंगलबार, मंसिर ११, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

लुम्बिनी, मंसिर ११ । लुम्बिनी बौद्ध विश्व विद्यालयको २० औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोह आगामि शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा बार्षिकउत्सव तथा दीक्षान्त समारोह हुने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले मंगलबार केन्द्रीय कार्यालय लुम्बिनीमा पत्रकार सम्मेलन गरी विशेष दोक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थीहरु दीक्षित हुने जनाएको हो । २०६१ मंसिर १४ गते स्थापित विश्वविद्यालय २०औं वर्षमा प्रवेश गरेको अवसरमा दीक्षन्त समरोहलाई बिशेष रुपमा मनाउन लागिएको विश्वविद्यालयका उपकुलपती सुवर्णलाल बज्रचार्यले बताए । उनले लुम्बिनीमा औपचारिक रुपमा एक दशकअघि मात्रै विश्वविद्यालयले शैक्षिक कार्यक्रम सुभारम्भ गरेको बताउँदै केन्द्रीय कार्यालय लुम्बिनीमा स्थापनासंगै भौतिकपूर्वाधार निर्माण गर्दै शैक्षिक कार्यक्रम विस्तारमा विश्वविद्यालयले जोड दिएको बताए ।
विश्वविद्यालयको गत भदौमा सम्पन्न १६ औं सभाको बैठकले मंसिर १४ गते लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरे अनुरुप विश्वविद्यालय दीक्षान्त समारोहको तयारीमा जुटेकोको विश्वविद्यालयका रजिष्टार तिलक अचार्यले बताए । २०औं वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह र १७ औं सभाको बैठक समेत हुने उनले बताए । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सिनेट बैठक सम्पन्न हुने उनले बताए । विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधिको उपाधि समेत प्रदान गर्ने उनले जनाए । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुयाउनुभएकी श्रद्धेय भिक्षुणी धम्मावती (गणेश कुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने सभाको निर्णय बमोजिम विशेष दीक्षान्तमा उपाधि प्रदान गर्ने कार्यक्रम तय भएको सूचना अधिकारी चुरामणि पोखरेलले बताए ।
दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ । दीक्षान्त समारोहमा विशेष अतिथिका रुपमा म्यानमारका भिक्षु सितगो सायडोको उपस्थिति रहने विश्वविद्यालयले जनाएको छ । २०८० देखि ०९० को दशकलाई ’अवको दशक, प्राज्ञिक र सृजनात्मक’ नारासहित विश्वविद्यालयले प्राज्ञिक कार्यलाई अगाडी बढाइरहेको छ । विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । ती शैक्षिक कार्यक्रमहरुमा २३०८ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ६८ जना विदेशी विद्यार्थीहरु विश्वविद्यालय अध्ययन गर्देछन् ।
लुम्बिनी, बुटवल, देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् । दाङ, काठमाडौं उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरुमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् । लुम्बिनी विकास कोष स्थित अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा हुने वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा प्रधानमन्त्री सहित उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, विदेशी राष्ट्रिका राजदुतहरुको उपस्थिति रहने जनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा मंसिर १३ गते बुटवल सिटी क्याम्पस बुटवलमामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । विश्वविद्यालयले वार्षिकोत्सवको अवसरमा सामाजिक क्रियकलाप अन्तर्गत हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।
यसैगरी मंसिर १६ गते विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता देवदहमा हुने विश्वविद्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुने
सबैले लुम्बिनी सम्झिउन भन्ने ढंगले विकास गर्ने योजना बनाएका छौं : ओली

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com