About Contact
१० आषाढ २०८१, आइतबार
Close
बिज्ञापन
नवलपरासीको सुनवलमा आयोजनाको नाममा मनपरी चुरे दोहन

दर्पण पोष्ट शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

सुनवल । नवलपरासीको सुनवल नगरपालिकामा पार्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको पाइएको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको छ  । अहिले हरेकजसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । ती सबै अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गर्न आएका हुन् । जिल्लाको सुनवल नगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाका नाममा तुरिया खोला, बिसासय खोला, बडेरा खोला लाई अमानतको नाममा बिचौलियाहरुलाई जिम्मा दिइएको पाइन्छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदनअनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भए पनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ  । रातदिन धमाधम एस्काभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन । ती नदीहरुमा करीब सयौ टिप्परको लाइन दिनहुँ नै देखिने गरेको छ ।
स्थानीय निकायहरुले नदी अमानत दिँदा मेसिनको प्रयोग गर्ने नदिजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो तर एस्काभेटरले जातततै नदीमा उत्खनन गरेको पाइएको छ ।

अवैध उत्खननले सिँचाइ कुलोहरू समेत भासिन थालेको स्थानीय किसानको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नाका साथै खेतीयोग्य जमीनसमेत जोखिममा परेको स्थानीयवासी बताउछन । जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षायाममा नदी गाउँमा पस्ने जोखिम बढेको स्थानियको भनाइ छ ।

आयोजनालाई नगरले अमानतको नामामा खोला त जिम्मा दिइएकोछ तर बिचौलियहरुले ढुवानीको जिम्मा पाएकोले आफनै घाटगद्दिमा लाएको पाईएको छ । यति सम्मा छ कि ब्यतिmको नाममा समेत रसिद काटेको पाइएको छ । यस बिषयमा अनुगमानकारी निकाय मौन छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता हुनैपर्छः सरोकारवाला
सुनवलको खोला—नाला ठेकेदार र स्थानिय माफिया चपेटामा

Facebook

दर्ता विवरण

 

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com