About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
नगर प्रमुख तुम्वापोको पहलमा क्याम्पसको विषयमा सर्वपक्षीय छलफल

दर्पण पोष्ट आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

मोरङ  । पथरी बहुमुखी क्याम्पसको कार्यालयमा ताला लगाइएको र कुर्सी रुखमा बाँधिएको विषयमा पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोको पहलमा शनिबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ।

नगरपालिकाको सभाहलमा भएको सो छलफलको नेतृत्व नगर प्रमुख तुम्बापोले गरेका थिए। छलफलमा जनप्रतिनिधिहरू, क्याम्पस सञ्चालक समिति पदाधिकारीहरू, स्वतन्त्र विद्यार्थी युनियन, प्राध्यापक संघ, राजनीतिक दलका स्थानीय नेताहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागिता रहेको थियो।

नगर प्रमुख तुम्बापोद्वारा संयोजन भएको बैठकमा क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, स्ववियु सभापति केशर राईले विषयगत कुराहरू राखेपछि थप सुझाव अन्य प्रतिनिधिले राख्ने कार्य र व्यापक छलफल भएको थियो।

छलफल पश्चात् रुखमा बाँधिएको क्याम्पस प्रमुखको कुर्सी झार्ने सहमति भयो। यस्तैगरी कार्यालयको ताला खोल्ने विषयमा स्ववियुमा छलफलपछि मात्र निर्णय दिने सभापति केशर राईले विचार राखेपछि नगर प्रमुख तुम्बापोले सञ्चालक समिति अध्यक्ष रामकुमार बस्नेतलाई बैठक राख्न लगाएर समाधानमा लाग्ने निष्कर्ष दिएका छन्।

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com