About Contact
१० जेठ २०८१, बिहिबार
Close
बिज्ञापन
सामान्य प्रशासन मन्त्रालयको सचिवमा मुकुन्द प्रसाद निरौला

सुरुचि भण्डारी शुक्रबार, चैत्र ३०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

 काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी मुकुन्द प्रसाद निरौलाले पाएका छन् । शुक्रबारको मन्त्रिपरिषदको बैठकले निरौलालाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

हाल विनोद प्रकाश सिंह सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो । यसअघि निरौला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए भने निरौलाले प्रमुख सचिव भएर बागमती प्रदेशको जिम्मेवारी समेत समालिसकेका थिए ।

त्यसअघि निरौला गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा सह सचिव थिए । निरौलालाई सामान्य प्रशासनमा ल्यएपछि सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । सिंहले यसअघि गृह मन्त्रालयमा समेत सचिवको जिम्मेवारी सम्हालेका थिए ।

आइतबार निरौलाले सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

यस्तै सरकारले लुम्बिनी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com