About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
लुम्बिनीलाई आध्यात्मिक केन्द्र बनाउनु पर्छ मन्त्री साउद

टंक सुनार सोमबार, फाल्गुण १४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

लुम्बिनी, फागुन १४ । परराष्ट्रमन्त्री एन पि साउदले लम्बिनीलाई आध्यात्मिक केन्द्र बनाउनु पर्ने बताएका छन् । सोमबार लम्बिनीको आएका साउदले सञ्चारर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै विश्वविद्यालयहरु मार्फत बिज्ञहरु उत्पादन गरेर बुद्धमार्गको प्रचार प्रसार गर्नु पर्ने बताए । उनले विश्वविद्यालयहरु सबै भन्दा अघि पूर्वमा खुलेको र नालान्दा जस्ता विश्वविद्यालयहरुमा १० हजार विद्यार्थीले विभिन्न बिषयको ज्ञान एकै समयमा लिने गरेको इतिहासमा उल्लेख रहेको बताए । लुम्बिनी लगायत बौद्ध क्षेत्रहरुको पहिलेको तुलानमा विकास भएको भए पनि अपेक्षाकृत विकास गर्न नसकेको स्वीकार गर्दै सरकार यस क्षेत्रको विकासमा लागिरहेको बताए ।

बौद्ध क्षेत्रहरुको संरक्षण र विकास गर्न सके आगामी पुस्ताले पनि फाइदा लिन सक्ने भएपनि नेपाली अल्पकालिन समस्या समाधानमै चित्त बुझाउने गरेको बताए । यही फागुन २८ गते देखि ३० गते सम्म हुने लुम्बिनी प्रदेश सरकारको आयोजनामा हुने चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारीका सन्र्दभमा लुम्बिनी आएका मन्त्री साउदले कार्यक्रमको तयारीका बिषयमा जानकारी लिएका थिए ।

बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले हुने सम्मेलनमा सहभागिता जनाउन नौ जना नोबेल शान्ति पुरस्कार विजेता सहभागी हुन लुम्बिनी आउने कार्यक्रम रहेको छ । सन १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापना भएको बाह्र लाख अमेरिकी डलर पुरस्कार राशीको नोबेल शान्ति पुरस्कार विश्वको सर्वाधिक ठूलो राशीको पुरस्कार मानिन्छ ।

साहित्य, शान्ति, भौतिक, रसायन, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेख्य योगदान पु‍¥याएका व्यक्ति तथा संस्थाहरूलाई प्रदान गरिने नोबेल पुरस्कार विश्वकै सम्मानित मानिन्छ । शिखर सम्मेलनमा सन २०१४ का नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थी सहित जोजे रामोस ओर्टा, अब्देसतार वेन मौसा, विदेद बुसामावुई, लेह्म बोवी, जोडी विलियम्स, टवाको कम्र्यान, रिचार्ड रोबट्र्स र एरी वार्सल सहभागी हुने बताइएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा
हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com