About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
नवनियुक्त योजना प्रमुखलाई लुम्बिनीमा स्वागत

टंक सुनार सोमबार, फाल्गुण १४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

लुम्बिनी, फागुन १४ । लुम्बिनि विकास कोषका नवनियुक्त योजना प्रमुख स्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ । सोमबार कोषमा आयोजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका हुन । स्वागत कार्यक्रममा बोल्दै कोषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हो भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बताए । नवयुक्त योजना प्रमुख भट्टसंग ठुलो अपेक्षा रहेको उल्लेख गर्दै लुम्बिनीको विकास गर्न टिमवर्क आवश्यक रहेको बताए । उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले नया योजना प्रमुखलाई स्वागत गर्दै टिमवर्कमा काम गर्ने बताए ।

नवनियुक्त योजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीको सेवा गर्ने अवसर प्राप्त भएकाले इमान्दारीतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । साथै कोषमा कार्यरत कर्मचारीहरूले सहकार्य र सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमा निवर्तमान योजनाप्रमुख एव बरिष्ठ ईञ्जिनियर सरोज भट्टराईले पुराना कुरा विर्सेर आगामी योजना निर्माण गर्नु पर्ने बताए । उनले नवनियुक्त योजनाप्रमुख सहकार्य र सहयोग गर्न तयार रहेको बताए । प्राविधिक फाँटको प्रमुखमा पुरूषहरू मात्रै हावी भइरहेको सन्दर्भमा महिला पमुख हन सुखद भएको उनको भनाई थियो । कार्यक्रममा कोषका कार्यकारी सदस्य श्याम रोक्का, विश्वराज पौडेल र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com