About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
एकजुट हुन नसक्दा जनजाति समुदाय पछि परे प्रदेशसभा सदस्य चौधरी

दर्पण पोष्ट मंगलबार, फाल्गुण १५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

देवदह,फागुन १५ । लुम्बिनी प्रदेशसभा सदस्य निर्मला चौधरीले जनजाती समुदाय एकजुट हुन नसक्दा पछि परेको बताएकी छन् । नेपाल मगर संघ देवदहको आयोजनामा भएको ४२ औँ मगर एकता दिवश समारोहलाई सम्बोधन गर्दै जनजाती समुदाय पछि पर्नुको प्रमुख कारण एकता नहुनु भएको बताएकी हुन् । देशको कुल जनसंख्यामा तेस्रो ठुलो जनसंख्या भए पनि राज्यका नियामक निकायमा मगर समुदायको सम्मानजनक उपस्थिती नहुनु दुखको कुरा भएको बताउँदै चौधरीले मगर समुदायको शसक्तिकरणका लागि एकजुट हुनु आवश्यक रहेकोमा जोड दिइन् ।

सोही कार्यक्रममा बोल्दो देवदह नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङले जनजाति समुदायको भाषा, सस्कृति र परम्परा देशको गहना भएका कारण यसको संरक्षणका लागि नगरपालिकाले बार्षिक बजेट विनियोजन गरेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिइन् । उनले मगर समुदायको शसक्तिकरणका लागि देवदह नगरपालिका लागिरहेको उल्लेख गर्दै आगामि दिनमा हुने क्रियाकलापहरुलाई थप प्रभावकारी बनाउनका लागि मगर समुदायका युवाहरु अगाडी सर्नु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाल मगर संघ केन्दीय लेखा समिति सदस्य जसु पुन, नेपाल मगर संघ जिल्ला प्रतिनिधि टेक बहादुर पुलामी, नेपाली कांग्रेसका नगर सभापति गुणखर भूर्तेल, वडा अध्यक्ष दल बहादुर सास्कोटी, नेपाल मगर संघ नगर सल्लाहकार यम राना, जनजाति समन्वय परिषदका अध्यक्ष मिना श्रेष्ठ, युग ज्योति मा.वि प्रधानाध्यापक यमलाल अर्याल र नेपाल मगर संघ नगर प्रतिनिधि नारायण श्रीस लगायतले बोल्दै मगर समुदायको भाषा, संस्कृती संरक्षणका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिए । कार्यक्रम मन बहादुर रानाको अध्यक्षता, उपाध्यक्ष किसन थापाको स्वागत र सचिव मिलन मास्की राना मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com