About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
शाइन आर्थिक पत्रकारिता पुरस्कार कार्की र गौतमलाई

टंक सुनार शनिबार, फाल्गुण १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

फागुन १२ । नेपाल पत्रकार महासंघ रुपन्देही र शाइन रेसुङ्गा बैकद्धारा स्थापित २०८० को ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार पत्रकारद्धय भुवन कार्की र घनश्याम गौतमले प्राप्त गरेका छन । बैंकको १६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार तिलोत्तमामा आयोजित समारोहमा पत्रकारद्धय कार्की र गौतमलाई जनही नगद २५ हजार १ रुपैयाँसहित पुरस्कृत गरिएको हो । पत्रकार कार्की गोर्खापत्र दैनिक र गौतम कान्तिपुर दैनिकमा कार्यरत छन् ।

बैंकका अध्यक्ष थानेश्वर पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बैंकका सञ्चालक मोहन चापागाई, सुरज उप्रेतीलगायतले पत्रकारद्वयलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरे । पुरस्कृत हुने पत्रकार चयनको लागि पत्रकार माधव नेपालको संयोजकत्वमा ३ सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो ।

बैंकले २०७८ सालदेखि पत्रकार महासंघ रुपन्देहीको समन्वयमा ५ लाखको कोष स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्ने सुरुवात गरेको थियो । यो पुरस्कार २०७८ मा यमलाल भुसाल र २०७९ मा माधव नेपालले पाएका थिए । बैंकले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शाखा ग्रामीण तर्फ खनदह अर्घखाँची र शहरी तर्फ काठमाडौको नयाँ बानेश्वर शाखालाई सम्मान गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com