WorldLink ले पार गर्‍यो ११ लाख घरधुरीको कोशेढुङ्गा, ग्राहकप्रति व्यक्त गर्‍यो आभार

काठमाडौं। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी WorldLink Communications ले देशभर ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै यस उपलब्धिलाई ऐतिहासिक कोशेढुङ्गाका रूपमा मनाएको छ।

कम्पनीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा ११ लाख घरधुरीको विश्वास र साथकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गरेको छ।

WorldLink ले यो उपलब्धि केवल कम्पनीको मात्र नभई नेपालभर रहेका ११ लाख घरधुरीको साझा सफलता भएको जनाएको छ। ग्राहकहरूको निरन्तर विश्वास, साथ र मायाले नै आफूहरूलाई देशभरका लाखौँ परिवारसँग जोडिन सफल बनाएको कम्पनीको भनाइ छ।

कम्पनीले “सबैलाई, जहाँ पनि, सधैं जोड्ने” आफ्नो लक्ष्यलाई निरन्तर अगाडि बढाउँदै डिजिटल नेपालको भविष्यलाई अझ सशक्त, सहज र समृद्ध बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

साथै आगामी दिनमा अझ धेरै घरधुरी, अझ धेरै सपना र अझ धेरै सम्भावनालाई जोड्दै सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता पनि WorldLink ले व्यक्त गरेको छ।