About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
लुम्बिनी प्रदेशसका सभामुख घर्तीद्धारा सगरमाथा अरोही बुढामग सम्मानित

टंक सुनार शनिबार, फाल्गुण १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

फागुन १२ । कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने रोल्पाका हरि बुढा मगलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सम्मान गरेका छन । शनिबार प्रदेश सभाको सचिवालय देउखुरीमा खादा ओढाएर सम्मान घर्तीलाई सम्मान गरीएको हो । सगरमाथा आरोही मगरलाई सम्मान गर्दै सभामुख घर्तीले आत्मबिश्वास,जागरुकताले नै असम्भव लाग्ने काम पनि सजिलै सम्पन्न गर्न सकिने रहेछ भन्ने उदाहरण बुढा रहेको बताए । सगरमाथा अरोहण गरेर नेपाललाई विश्वभर चिनाउन सफल भएको भन्दै शुभकामना दिए ।

सगरमाथा आरोही बुढामगरले सम्मानले आफुलाइ अझै साहसिक कार्य गर्ने प्रोत्साहन मिलेको बताउदै विभिन्न ७ देशका अग्ला हिमालको आरोहण गर्ने योजना रहेको बताए । अपांगता भएको ब्याक्तीले पनि आम मानिस सरह काम गर्न सक्छ भन्ने सन्देश दिन साहसिक कार्यमा हात हालेको उनको भनाई थियो । उनले बिश्व शान्तिको लागि बिश्व अभियान संचालनको तयारी गरेको पनि जानकारी दिए । बिर्टिस सेनामा कार्यरत रहँदा सन् २०१० को अफगानिस्थान युद्धमा दुबै खुट्टाको घुडा भन्दा तलको भाग गुमाएका बुढा मगरले २०८० जेठ ६ गते सगरमाथाको सफल आरोहण गरेका थिए । उनि सगरमाथा आरोहण गर्ने दुवै घुँडाभन्दा माथि गोडा गुमाएका (डबल एम्पुटी अबोभ नी) पहिलो व्यक्ति हुन ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com