About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
गायिका एलिना चौहानको ‘माया बसेको’ गीत सार्वजनिक

दर्पण पोष्ट बुधबार, फाल्गुण ०२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर । गायिका एलिना चौहान र गायक नन्दुकुमार गुरुङको स्वर रहेको आधुनिक ‘माया बसेको’ गीतको भिडियो सार्वजनिक भएको छ ।

अम्बिका गुरुङको शब्द रचना रहेको उक्त गीतमा देव गुरुङले संगीत भरेका हुन् भने चन्द्र गोर्खालीको संगीत संयोजन रहेको छ । त्यसैगरी गीतको भिडियोतर्फ सुरेश काफ्लेले निर्देशन गरेका छन् । उक्त भिडियोमा नवराज अधिकारी, बन्धना विश्वकर्मा र वीरेन्द्र सेन्चुरीले अभिनय गरेका छन् ।

आरडी दुलालको छायांकन,सुमन शँकरको श्रीङ्गार रहेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोको छायांकन नवलपुरको विभिन्न क्षेत्रमा गरिएको कुरा निर्देशक सुरेश काफ्लेले बताए ।

भिडियो भावसागर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको शब्द र भिडियोमा पनि माया प्रेमका विभिन्न विषय उठान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com