जेठ १९ ।गल्याङ्ग नगर समाज यूएईको चौथो अधिवेशन दुबईस्थित गाउँबेसी रेस्टुरेन्टमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नवीन न्यौपानेलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ।
अधिवेशनबाट उमा पोखरेल वरिष्ठ उपाध्यक्ष, नारायण महराई उपाध्यक्ष, भगवती खनाल महिला उपाध्यक्ष, दीपा सुवेदी महासचिव, बालकृष्ण भट्टराई सचिव, रेशम प्रसाद खनाल कोषाध्यक्ष, रिता पाण्डे सह–कोषाध्यक्ष तथा प्रकाश भट्टराई प्रवक्तामा निर्वाचित हुनुभएको छ। सदस्यहरूमा रमेश प्रसाद खनाल, यामकला पाण्डे, ज्ञानेन्द्र देव खनाल, मोनिका अधिकारी, अग्नि चापागाईं, अशोक खनाल, दामोदर बस्याल, दिया भुसाल र शारदा भण्डारी निर्वाचित हुनुभएको छ।
निर्वाचन समितिका संयोजक जीवन पंगेनी तथा सदस्यहरू सूर्य गौतम र नारायण न्यौपानेले निर्वाचन प्रक्रिया सम्पन्न गराउनुभएको थियो। कार्यक्रममा स्याङ्जा सहयोग समाज यूएईका अध्यक्ष रेशमराज खनालसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा यूएईस्थित गल्याङवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले संस्थालाई अझ सक्रिय, पारदर्शी, उत्तरदायी र उदाहरणीय संस्थाका रूपमा विकास गर्दै प्रवासमा रहेका गल्याङवासीहरूबीच एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गल्याङ्ग नगर समाज यूएईले स्थापना कालदेखि नै यूएईमा रहेका गल्याङवासीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।