होटेल–रिसोर्टमा अब सरकारी कार्यक्रमहरू गर्न नपाइने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब होटेल तथा रिसोर्टमा गर्न नपाइने भएको छ। अब बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यक्रम कार्यालयभित्रकै सभा हल तथा बैठक कक्षमा सञ्चालन गर्नुपर्ने निर्देशन जारी गरिएको छ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखाले आज सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी, पारदर्शी र उपलब्धिमूलक बनाउन यस्तो निर्णय गरिएको जनाएको छ।

निर्देशनअनुसार अब कुनै पनि कार्यालयले बाहिरी होटल वा रिसोर्ट प्रयोग नगरी आफ्नै कार्यालय परिसरभित्र रहेका सभा कक्ष, तालिम कक्ष वा सरकारी संरचनाभित्र उपलब्ध स्थानमै कार्यक्रम गर्नुपर्नेछ।

मन्त्रालयले यो कदम सरकारी खर्च कटौती, अनावश्यक विलासिता रोक्ने तथा सार्वजनिक स्रोतको प्रभावकारी उपयोग गर्ने उद्देश्यले अघि बढाएको बताइएको छ।  मन्त्रालयले गरेको परिपत्र यस्तो छः