राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ ।
बिहीवार बिहान सभापति लामिछानेले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले लोकतन्त्रको सुन्दरता नै निर्वाचन प्रणाली भएको भन्दै निर्वाचन परिणाम स्वीकार्नुको विकल्प नभएको बताउनु भयो । उहाँले जेन–जी आन्दोलनको जगमा विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा सहभागि भई सही नेतृत्व चयन गर्न समेत सबैमा अपिल गर्नुभयो । उहाँले जेन–जी पुस्ताको माग सम्बोधन गर्न अग्रसर हुने पहिलो पार्टी रास्वपा भएको दाबी पनि गर्नुभयो ।
उहाँ चितवन–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार समेत रहनुभएको छ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।
निर्वाचन
