वीरगन्ज कारागारमा कैदी भाग्ने प्रयास, सुरक्षाकर्मीको बल प्रयोगमा नियन्त्रण

वीरगन्ज । पर्साको वीरगन्ज कारागारमा कैदीहरूले पर्खाल भत्काएर भाग्ने प्रयास गर्दा अवस्था तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूले सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिएका छन्।

स्रोतका अनुसार, कैदी र सुरक्षाकर्मीबीचको झडपमा चार जना कैदी गम्भीर घाइते भएका छन्। घाइतेहरूको परिचय भने सार्वजनिक गरिएको छैन।

घटनापछि नेपाली सेनासहितका सुरक्षा निकायलाई व्यापक रूपमा परिचालन गरिएको छ। हाल कारागार सुरक्षाकर्मीहरूको कडा घेरामा रहेको र स्थिति पूर्ण नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ।