संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा कतारमा इजरायली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कतारमा इजरायली आक्रमणको निन्दा गर्नुभएको छ । युद्धविरामका लागि सबै वन्धकहरूको रिहाइको लागि धेरै सकारात्मक भुमिका खेल्दै आएको देशमाथि आक्रमण हुनु गलत भएको बताउनु भयो । कतारको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लंघन भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । स्थायी युद्धविराम प्राप्त गर्न पहल हुनु आवश्यक रहेको बताउनु भयो ।