देशले नयाँ मोड लिएको छ। जेन–जी पुस्ताको सिफारिशअनुसार पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने सहमति बनेको छ। शीतल निवासमा सम्पन्न निर्णायक छलफलले कार्कीलाई प्रधानमन्त्री बनाउने मात्र होइन, वर्तमान संसद् विघटन गर्ने निर्णय पनि गरेको छ।
यससँगै देशले पुनः संक्रमणकालीन यात्रामा कदम बढाएको छ। कार्कीको नेतृत्वमा बन्ने सरकारलाई असल शासन, निष्पक्षता र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने ठूलो जिम्मेवारी हुनेछ। देशले देखेको आन्दोलन र जनदबाबले यही परिवर्तन सम्भव भएको हो।
अब राति ९ बजे शपथग्रहण हुँदैछ। यस क्षणलाई केवल राजनीतिक घटनाक्रमको रूपमा मात्र होइन, न्याय र जनआवाजको विजयको रूपमा हेर्नुपर्छ। प्रश्न भने खुला छ—कार्कीले यो जनविश्वासलाई कसरी कायम राख्छिन्?
देश आज इतिहासको नयाँ अध्यायमा प्रवेश गरेको छ।