राष्ट्रपति पौडेलले वार्तामार्फत समस्याको समाधानका लागि आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिलाई शान्तिपूर्ण र संवादमार्फत समाधान गर्न आग्रह गर्दै आन्दोलनकारी नागरिकलगायत सबै सरोकारवालालाई वार्तामा आउन आह्वान गरेका छन्।

मंगलबार जारी आफ्नो अपिलमा राष्ट्रपति पौडेलले भनेका छन् कि लोकतन्त्रमा नागरिकले उठाएका मागहरू संवाद र वार्तामार्फत समाधान गर्न सकिने भएकाले सबैले संयमता अपनाउन आवश्यक रहेको छ।

उनले थप भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।”

राष्ट्रपतिको अपिलमा जेन्जी (Gen Z) का प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्तामार्फत समाधान खोज्ने सम्भावनामा विश्वास व्यक्त गरिएको छ। उनले सबैलाई संयमित रहन र लोकतन्त्रको मर्यादा कायम राख्न जोड दिएका छन्।

541545051_778112384827402_2270218796210000267_n