बन्द गरिएका सामाजिक सञ्जाल सुचारु

काठमाडौं । सरकारले गत बिहीबारदेखि निषेध गरेका सामाजिक सञ्जालहरु पुनः सुचारु भएका छन्। औपचारिक निर्णयबारे सरकारको तर्फबाट केही जानकारी नआए पनि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बन्द गरिएका सामाजिक सञ्जालहरु सञ्चालनमा ल्याएका हुन्।

सरकारी कम्पनी नेपाल टेलिकमले सामाजिक सञ्जाल सुचारु गरेको पुष्टि गरेको छ। त्यस्तै, देशकै सबैभन्दा ठूलो इन्टरनेट प्रदायक वर्डलिंकले पनि सामाजिक सञ्जाल पुनः चल्ने अवस्था बनाएको छ।

गत बिहीबार दर्ता नभएको भन्दै सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। तर सोमबार जेनजी आन्दोलनका क्रममा देशभर १९ जनाको मृत्यु भएपछि सरकार आक्रोशित जनमतको दबाबमा आएर आफ्नै निर्णयबाट पछि हटेको देखिएको छ।