नवलपरासीमा सशस्त्र प्रहरी घुमुवाको अतांक। 

नवलपरासी ।  नवलपरासीमा प्रहरीको नाटक हेर्दा अच्चमा लाग्छ । प्रहरी प्रशासन विना सिमा तस्कार सम्भव छैन सशस्त्र प्रहरी प्रशासन मिलेपछि सिमानाकामा जेपनि सम्भव छ यसको उदहरण बनेको नवलपरासीको तस्करी । सिमा सुरक्षाको पहिलो बारको रुपमा जिम्मा पाएको सशस्त्र प्रहरी प्रत्येक सिमा नाकामा निगरानी हुन्छ तर दैनिक रुपमा अवैध तस्कारी भने रोकिएको छैन । यसको मुख्यकरण हो तस्कारी संग प्रहरीको साँठगाठ कमिशनमा लिपत हुनु । जसको उदहरण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट तस्करले नेपालमा बिना भन्सार सामान भित्र्याउनु हो । पछिल्लो समय नवलपरासीको विभिन्न नाकाबाट उज्यालोमा सानो मात्रका घरयासी समान ल्याउदा सशस्त्र प्रहरीले मोटरसाईकल भन्सार बुझाई जपत गरेको पाईन्छ तर ठूला तस्करको गाडी छोडने गरेका छन ।

कति गाडी समाए र छोडे त ?

सशस्त्र प्रहरी बल नेपाल न.ं २६ गणका गणपति सन्तोष रायमाझीले निर्णय कमजोरका करणले घरयासी समानको ल्यादा एसपी रायमाझीले ८० भन्दा बाढी मोटरसाईकल भन्सार बुझाएका छान तर पिकअपमा लोड भएका तस्कारीका समान छोडेका छन । गाडीको ईन्जन बोकेको ९१४२ नम्बरको टोयटा हाईलक्स र टायल बोकेको लु३च १७९४नम्बरको पिकअप छोडेका छन । त्यति मात्र नभई सादा पोसाकका घुमुवा परिचलान समेत गरेका छन

को को छ त नवलपरासीमा सशस्त्र प्रहरीका घुमुवा ?   

अहिलेका सशस्त्र प्रहरी बल २६ नम्बर गणका घुमुवाहरु सन्दीप यादव , सालमान मिया , , जितेन्द्र बनिया , यी सब घुमुवा रातभारी तस्करी गर्नेलाई कमीशन लिई रातीको समयमा काम गराउने गरेको खुलेको छ । भने घरयासी प्रयोजनको लागी खद्यान्न ल्याउदा यी घुमुवाहरु मोटरसाईकल भन्सार बझाए छन । यसको उदाहरण ८० भन्दा बाढी मोटरसाईकल भन्सार बुझाइएको न ९१४२ नम्बरको टोयटा हाईलक्स र टायल बोकेको लु३च १७९४नम्बरको पिकअप कर्वाही नगरी छोडेको र यति मात्र होइन । असार १६ गतेका दिन ट्राक सहित ३२ लाख ५८ हजारको गाडीको ईन्जान , बेल्ट, सुट , चस्मा, जुता , चप्पाल ,जस्ता समान नियन्त्रणमा लियो तर गाडीको कमीशन मिलेको ले गाडी बिच बाटो बाट छाडियो ,तर समानको कमीशन नमिलदा उतm समान नियन्त्रामा लिई भन्सार बझाईयो खुलेको छ । उतm समान सशस्त्र प्रहरी तालिम केन्द्र बर्दघाट मा कार्यरत नम्बर ५ बाहिनीपती डिआईजी दीपेन्द्र कुँवारका सुरकी पाप्पु गुप्ताले ट्राक नियन्त्र लिई गणलाई जिम्मा लाग्एका हुन । तर गुप्ता डिआईजी कुँवारका घुमुवाको रुपमा नवलपरासरी परिचालित छन । अहिले गुप्ता म डिआईजी घुमुवा हुँ भन्दै नवलपरासीका ठुला तस्कर संग साठगाठ मिलाउनमा लाएका छन । उतm समान बुढन्तपुर,रमपुरवा,गेरमी नाका बाट गएको स्थानियले बताए । स्थानियका अनुसार सशस्त्र प्रहरी बाढीमात्रमा दुख दिईएको पाईएको छ । प्रत्येक डिउटीले प्रति मोटरसाईकल मल , बाट रु ५० को दर डिउटी खार्च उठाए को पाईएको छ ।

भारतबाट नेपालमा बिना भन्सार भारी मात्रामा सामान भित्र्याइरहेका छन् । तस्करको यो कार्यलाई सघाउँदै छन् प्रहरी प्रशासन । चोरीपैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले । यहाँसम्म की सशस्त्र प्रहरीको सादा पोशाक कर्मीले तस्करको सामानलाई सुरक्षित स्थान(व्यपारीका गोदाम) सम्म ल्याउन स्कर्टिङ गर्ने सम्माको काम गरिरहेको पाइएको छ । प्रहरी भन्छन् ‘हामीले पत्तै पाएनौ कहाँबा ट कसरी यति धेरै परिमाणमा सामान भित्रिएछ’ । उतm भुजहवा विओपीका ईन्र्चाज शसस्त्र प्रहरी निरिक्षक रुपाक नापितले बाख्रा ,कुखुरा ,किराना समान ब्यापारी बाट महिनावरी रकम उठएका छन । बाख्रा नेता बाट १० हजार , कुखुरा अजाद बाट ८ हजार , किरना लालन ५ हजार ,सुनिल ३ हजार उठएका छन । यी सबै गतिविधिलाई नजिकबाट देखिरहेको सशस्त्र प्रहरीले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोक्न सीमाका गौँडा–गौडामा तैनाथ सशस्त्रको फौज आफैँ तस्करसँग मिलेमतोमा समान छिराउन लागेपछि संस्थागत तस्करी बढेको स्थानीय बताउँछन् ।

नवलपरासीमा राजश्व अनुसान्धन ,भन्सारका नेपाल प्रहरीले एक महिनाको अन्तरलमा करोडौंको सामान जफत गरेको छ । तर तस्कारीको समान समातेर प्रहरीले भन्सार बुभाएको देखिन्छ तर तस्कार समाएको देखिदैन यो सब प्रहरी प्रशासनको नाटक हो । देखावटी रुपले नवलपरासीको प्रहरी प्रशासन बदनाम बनेको छ । पछिल्लो समय सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्मीका घुमुवा (सादा पोशाकका प्रहरी) ले देखाएको बाटोबाट बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । नवलपरासीमा भुजहवा बाइपास सडक बाट । यी सबै नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति छ । स्थानीयका अनुसार भुजहवा बाइपास सडकमा पछिल्लो समय तस्करी बढी भइरहेको छ । महेशपुर र भुजहवा नाकामा सशस्त्र र प्रहरीको उपस्थिति छ । चोरी पैठारी नियन्त्रणमा सहयोगका लागि सीमा नाकामा इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरीको बिओपी पोस्ट छ । ‘सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका संयन्त्रलाई छलेर कसरी तस्करले यहाँका सहरमा सामान ल्याउँछन् ?