जगदम्बा बजगाई SEE परीक्षामा 3.20 GPA सहित उतिर्ण

लम्की चुहा नगरपालिका वडा नं. १ निवासी आचार्य पण्डित श्री गोकर्ण प्रसाद बजगाई र श्रीमती लक्ष्मी देवी बजगाईकी सुपुत्री जगदम्बा बजगाई यस वर्षको SEE (माध्यमिक शिक्षा परीक्षा) मा 3.20 GPA हासिल गरी उतिर्ण भएकी छिन्।

 

युवा समाजसेवी तथा नेता बैकुण्ठ बजगाई र रामानन्द बजगाईकी कान्छी बहिनी रहेकी जगदम्बा diligent छात्रा हुन्। उनले मेहनतका साथ अध्ययन गर्दै आफ्नो स्तरअनुसार राम्रो परिणाम हासिल गरेकी हुन्। यद्यपि उनले सोचेअनुसारको परिणाम नआएको प्रतिक्रिया दिँदै भविष्यमा अझ कडा मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

 

जगदम्बाको यो सफलताप्रति उनको परिवार, आफन्त, शिक्षक तथा शुभेच्छुकहरूले हार्दिक बधाई ज्ञापन गरेका छन्। आगामी दिनमा उनले अझ उत्कृष्ट उपलब्धि हासिल गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।