
बुटवल, जेठ २८ । रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो । तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भए गरेका प्रशासनिक कार्य र भएका ढिलासुस्ती तथा गुणस्तरीय सेवाका बारेमा पनि समाचार लेख्न आग्रह गरे । बुटवलले नगरभित्र रहेकासँगै नगर बाहिर रहेका संचार माध्यम र संचारकर्मीहरुको विकास उनीहरुको प्रोत्साहनकालागि विभिन्न शिर्षकमा बजेट सहयोग गर्दै आएको उल्लेख गर्दै नगरले गरेका राम्रा र सुधार गर्नु पर्ने विषयलाई समाचारका रुपमा उठान गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाचारले विकास निर्माणसँगै गरिव महिला, दलीत तथा अल्पसंख्यकहरुका अधिकारका विषयमा सहयोग गर्दै आएको उल्लेख गर्दै सहयोग आवश्यक पर्नेलाई निरन्तर सहयोग गर्दै आएको बताईन । उनले गरिव, विपन्न, असहाय र अल्पसंख्यकका विषयमा समाचार लेख्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एकठाउ उभिनुपर्ने बताए । कार्यक्रममा ासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, प्रदेश उपाध्यक्ष आरपी आचार्य, युनियनका केन्द्रीय सदस्य रेखा भुसाल, संस्थापक अध्यक्ष बालनरसिंह गुरुङ, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रेस चौतारीका अध्यक्ष भगवती पाण्डे, समाजववादी प्रेस संगठनका अध्यक्ष विनोद परियार, युनियनका उपाध्यक्ष कल्पना तिवारी लगायतले विकास पत्रकारिताको विटमा कलम चलाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारिताको विकासकालागि निरन्तर, सिकाई हुन आवश्यक रहेको बताए । दुई दिनसम्म चल्ने विकास पत्रकारिता तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोखरेल, युनियनका पुर्व अध्यक्ष रामराज पोखरेल, युनियनका सल्लाहकार माधव नेपाल, पुर्व अध्यक्ष छवी पाण्डे, हरिष ढकाल, भवानीप्रसाद पाण्डे, विक्रम खड्का, रेखा भुसाल, लगायतले आआफ्ना पत्रकारिताका अनुभव शेयरिङसँगै सहजिकरण गर्ने सचिव कपिल ज्ञवालीले जानकारी दिए ।