About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
मिलन सामुदायिक बन देवदह तिलोत्तमाको १६औं साधारण सभा सम्पन्न

दर्पण पोष्ट आइतबार, पौष २१, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

तिलोत्तमा।मिलन सामुदायिक बन देवदह तिलोत्तमाको १६औं साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष तेज बहादुर कुँवर क्षेत्रीको अध्यक्षतामा आईतवार देवदह ९ मा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेश बन तथा बातावरण मन्त्री देवकरण कलवारले वन पैदावार तथा नदीजन्य पदार्थ सहज तरिकाले उपभोग गर्न पाउने निति निर्माण गर्न लागेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री कलवारले मुख्यमन्त्री तथा सचिवहरुको संयूक्त बैठक भैसकेकोले अव प्रतिवेदन अनुुसार स्थानियले सहज तरिकाले उपभोग गर्न मिल्ने कानुन बनाईने जानकारी दिनु भयो । मन्त्री कलवारले जस्को जोत उस्को पोत अनुसार सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नुपर्ने जिकिर गर्नु भयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजनल बन रुपन्देही प्रमुख प्रविण विडारीले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समुदायको आधारभुत विकासमा सामुदायिक बनको योगदान अमुल्य रहेको भन्दै बन जोगाउन सवै एकजुट हुनु पर्ने धारणा राख्नु भयो । उक्त कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले एक पटकका लागि बन ऐन नियमलाई सहज बनाई सुकुम्बासी तथा भुमिहिनलाई लालपुर्जा वितरण गर्नु पर्ने धारण राख्नु भयो ।कार्यक्रममा समुहका अध्यक्ष तेज बहादुर कुँवर क्षेत्रीले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष चोलाकान्त पराजुलीले आर्थिक प्रतिवेदन वाचन गर्नु भएको थियो । संमुहका बरिष्ठ उपाध्यक्ष केशविर दर्लामीको स्वागत तथा उपाध्यक्ष दिलिप पुनको संचालनमा भएको कार्यक्रममा सामुदायिक बन महासंघ रुपन्देहीकी अध्यक्ष श्यामकला आचार्य, गाँउ बन समन्वय संजाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारी, लगायतले मन्तब्य ब्याक्त गर्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com