About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
धादिङको  थाक्रे गाउँपालिका झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न 

किरण पराजुली शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित

featured photo: Darpanpost
धादिङ । महाभारत पर्वत श्रृंखला अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा झण्डा तोलन कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे गाउपालिका र गल्छी गाउँपालिकाको सिमानामा रहेको यस क्षेत्रमा बागमती प्रदेशका प्रदेश सांसद मधु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र पालिका उपाध्यक्ष यन्त्र बहादुर थापा जिन्दगीको बिशेष आथित्यमा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङ, थाक्रे वडा २ का वडा अध्यक्ष टिकाराम तामाङ, थाक्रे वडा ६ का अध्यक्ष हिरा बहादुर थापा, थाक्रे ११ का वडा अध्यक्ष शुदर्शन पाण्डे, स्थानीय नेता, व्यवसायी लगायतको आथित्यता रहेको थियो भने ठाडोखोला समाज सुधार समितिको अध्यक्ष अमर तामाङले सभापतित्वको आशन ग्रहण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले पर्यटनको प्रचुर संभावना बोकेको झण्डाचुलीलाई थप बिकास गर्न आफूले पहल गर्ने बताए । त्यसै विशेष अतिथी थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले झण्डाचुली आउने सडकलाई व्यवस्थित गर्ने बताए। त्यसै विशेष अतिथी थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा जिन्दगीले झण्डाचुलीमा बर्षको एक दिन मात्र कार्यक्रमले मात्र पर्यटक बढाउन नसकिने भएकोले यस्ता कार्यक्रम बर्षको धेरै दिन गर्नुपर्ने कुरामा जोड दिए । थाक्रे गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङले झण्डाचुलीको बिकासमा आफू पालिका, प्रदेश देखि केन्द्रसम्म पहल गरिरहेको बताए। त्यस्तै अन्य अतिथिहरुले पनि झण्डाचुलीको बिकासको लागि पहल गर्ने बताए ।
पर्यटनको प्रचुर संभावना बोकेको थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थान झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहास सम्झँदै प्रत्येक नयाँ वर्षमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले झण्डातोलन कार्यक्रम हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com