About Contact
०९ जेठ २०८१, बुधबार
Close
बिज्ञापन
नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

दर्पण पोष्ट शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न : १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका वडा न १ दिङ्गाममा अवस्थित यस मन्दिरलाइ पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । शिवपुरी गाउँपालिकाको अध्यक्ष गोबिन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको यस जात्रामा हजारौ भक्तालुजनहरुले प्रत्यक्ष दर्शन गरिएको थियो।

शिवपुरी वडा नम्बर १ का वडाध्यक्ष सुकुराम तामाङ सहित स्थानीय सरकारका प्रमुखहरु उपस्थीत भएको यस जात्रामा दर्जनौ झाक्री सुमुहहरु उपस्थीत भएको थियो । पुजा पपश्चात पालिका अध्यक्ष ज्युले मिडियाकर्मीहरुसङ्ग बोल्दै सुरुवाती बर्षदेखी पालिकाबाट जात्रा ब्यवस्थापनमा बजेट हालेको जानकारी दिदै गाउँपालिकाको नै महत्वपूर्ण धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा विकास गराउन सके यस क्षेत्रको जनताहरुको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुने जानकारी पनी दिए ।

वडाबाट सकेको सहयोग गरेको जानकारी दिदै वडाध्यक्ष सुकुराम तामाङ ज्युले अझै यस ठाउको प्रचार प्रसार गर्न सके आर्थिक लाभ लिन सकिने जानकारी दिनुभयो। साथै अवको दिनमा प्रदेश तथा केन्द्रको बजेट हालेर अझै ब्यवस्थीत बनाउनेमा पहल गर्ने जानकारी पनि दिए ।

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com