About Contact
११ बैशाख २०८१, मंगलबार
Close
बिज्ञापन
राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

दर्पण पोष्ट बिहिबार, चैत्र २२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । गायक राजेशपायल राई र पत्नी सङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन ।

यी दुईबाट दुईवर्षे एक सन्तान सायरेम छन् । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।स्रोत – अनलाइन खबर

सम्बन्धित

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेद्वारा राष्ट्रिय गौरव पदकबाट सम्मान
नेपाल एमालेद्वारा आयोजित नेकपा हीरक महोत्सवमा सहभागी नहुने

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com