About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
त्रिशूलीमा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ३५ को जिवितै उद्धार

दर्पण पोष्ट बुधबार, फाल्गुण २३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु। धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बसमा सवार यात्रुहरु मध्ये अहिले सम्म ३५ जनाको जिवितै उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ ।
सिद्धार्थ यातायात प्रालिको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस धादिङमा दुर्घटना परेको हो । यद्यपी उक्त बस कपिलवस्तुबाट नभई लुम्बिनीबाट छुटेको भनिएको छ । त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको उनले बताए ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका लागि खटिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा
हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com