About Contact
१५ बैशाख २०८१, शनिबार
Close
बिज्ञापन
सम्पुर्ण युवा कल्ब सुपौली विजयी हुदै फाइनलमा प्रवेश । 

मिन राना बुधबार, फाल्गुण २३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही । रुपन्देहीको तिलोत्तमा १३ मा जारी न्यु सिर्जना कप फुटवल प्रतियोगीता (२०८०) मा समपुणर् युवा कल्ब सुपौली विजयी हुदै फाइनलमा पुगेको छ । मंगलबार (हिजो) भएको फाइनल खेलमा तिलोत्तमा ११ तिलोत्तमा लाई १ गोलका विरुद्ध ५ गोल गर्दै समपुणर् युवा कल्ब विजयी भएको थियो । खेलमा समपुणर् युवा कल्बका खेलाडी जर्सी नं ८ विज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई कार्यक्रमका अतिथि पुर्व राष्ट्रिय खेलाडी जित बहादुर लामाले ट्रफी तथा नगद सहित सम्मान गर्नु भएको थियो । यसैगरी आज बुधबारको खेल झरना स्र्पोट्स कल्ब कुन्जलापुर भर्सेज फर्साटिकर युवा कल्ब फर्साटिकर वीच प्रतिस्पर्धात्मक खेल हुने कल्बका प्रचार प्रसार संयोजक तथा सल्लाहाकार धन वहादुर चौधरीले बताउनु भएको छ । खेल खेलौ ,स्वस्थ रहौ , खेशलाई टेवा पुर्उाय भन्ने नारासहित फुटवल खेल आयोजना गरिएको कल्बका खेल संयोजक शेर वहादुर गुरुङले बताउनु भएको छ । तिलोत्तमा १३ को न्यु सिर्जना खेल मैदानमा जारी खेलको फाइनल खेल फागुन २६ गते हुने कल्बका अध्यक्ष सोवित थापा दर्लामीले बताउनु भएको छ ।

 

तिलोत्तमा १३ निवासी स्व.खगी गुरुङसेनीको स्मृतिमा छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगीता (२०८०) सन्चालन भइरहेको छ । न्यु सिर्जना युवा क्लबका संरक्षक क्याप्टेन नरजंग गरुङ तथा स—परिवारको मुख्य प्रायोजकमा नक आउट फुटवल प्रतियोगीता भइरहेको हो । स्थानीय खेलाडी उत्पादनका लागी हरेक वर्ष खेल आयोजना गरिएको क्लबका संरक्षक क्याप्टेन नरजंग गरुङले बताउनु भयो ।

खेलमा प्रथम हुने टिमलाई रु.१ लाख १६ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई रु.६० हजार नगद राशि सहित मेडल र प्रमाणपत्रले सम्मान गरिने छ । यस्तै विद्यागत उत्कृष्ट खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई रु.३ हजार नगद राशी सहित मेडल र प्रमाण पत्र र उदयमान खेलाडीलाई रु.३ हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई पनि पुरष्किृत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com