About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
देवदहमा दोस्रो उपमेयर कप अन्तर विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता हुने

मिन राना आइतबार, फाल्गुण २०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

देवदह । रुपन्देहीको देवदहमा दोस्रो उपमेयर कप अन्तर विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । देवदह नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा भलिबल प्रतियोगिता संचालन हुने भएको हो ।

 

आइतबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

देवदह -५ को पानबारी खेलमैदानमा हुने विद्यालय स्तरीय भलिबल प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहने खेल संयोजक कमल प्रसाद पाण्डेले जानकारी दिए ।

 

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले नगद २० हजार शिल्ड मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने टिमले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक पाण्डेले बताए ।

 

खेलमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । देवदह नगरपालिकाको कुल ४ लाख पचास हजार बजेटमा संचालन हुन लागेको खेल फागुन २१ गतेदेखि २३ सम्म ३ दिन संचालन हुनेछ ।

 

उद्घाटन खेल सगरमाथा आवासीय मावि र एसियन लाइट इङलिस बोर्डिङ स्कुलबिच हुनेछ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com