लुम्बिनी प्रदेशकै चर्चित पालडाँडाँ कप २०८० पुरुष फुटबल प्रतियोगिता

बिनोद निगम,अनिल बनिया।नवलपरासी।लुम्बिनी प्रदेशकै चर्चित फुटबल प्रतियोगिता मध्येको एक पालडाँडाँ कप पुरुष फुटबल प्रतियोगिता २०८० को आजबाट पश्चिम नवलपरासीको बर्दघाटमा शुरु भएको छ ।

बर्दघाट ०५ पालडाँडाँ खेलमैदानमा आयोजित खेलकुद प्रतियोगिताको एक कार्यक्रम बिच उद्योगपति एवम् संघीय सांसद बिनोद चौधरीले उद्घघाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै सांसद चौधरीले खेलाडी देशको गहना भएकाले खेल र खेल क्षेत्रको प्रवर्द्धनमा राज्य लाग्नुपर्ने दावी गर्नुभयो । सो अवसरमा बोल्दै सांसद चौधरीले राज्यले खेलाडीलाई उचित सम्बोधन गर्न नसकेकोले खेलाडीको संरक्षणमा राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै सांसद चौधरीले यस क्षेत्रमा खेल क्षेत्रमा विकासमा आफु लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १० टिम सहभागी रहेको आयोजक सगरमाथा सामुदायिक प्रतिष्ठानका सल्लाहकार दीपक थापाले जानकारी दिनुभयो । खेलमा बिजयी हुने प्रथम टिमलाई एक लाख रुपैयाँ , दोस्रोलाई ७५ हजार पाँच सय रुपैयाँ सहित कप,मेलड तथा प्रमाणपत्रको व्यवस्थापन गरिएको छ । सगरमाथा सामुदायिक प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिता आगामी माघ २२ गते सम्म चल्ने छ ।

सो अवसरमा क्लबको अध्यक्ष गंगा बहादुर भण्डारी क्षेत्री को अध्यक्षतामा भएको सो कार्यक्रममा बर्दघाट नगरपालिका वडा न.५ का वडा अध्यक्ष बिमला गुरुगं बोल्नुभएको थियो । शिब प्रसाद शर्माले संचालन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका संरक्षण मान बहादुर थापा स्वागत गर्नुभएको थियो ।