About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
फिलिपिन्समा पहिरो जाँदा ७ जनाको मृत्यु, ४ बेपत्ता २ घाइते

न्युज एजेन्सी नेपाल शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको एउटा खानी गाउँमा बिहीवार पहिरो खस्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । नागरिक रक्षा कार्यालयका क्षेत्रीय निर्देशक एडनार दयाङहिराङले पहिरोले घर पुरिँदा पाँच बालबालिका र दुई वयस्कको मृत्यु भएको र एक वर्षीय बालकसहित दुई जना गम्भीर घाइते भएको बताउनु भयो । उद्धारकर्ताहरूले मृतकहरूको शव निकालेका छन्  अझै पनि मानिसहरू भएको उहाँले बताउनु भयो । भारी वर्षा जारी रहेको र यस क्षेत्रका धेरै ठाउँमा बाढीको खतरा रहेको उहाँले बताउनु भयो । राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्ले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका चार प्रान्तमा भारी वर्षाका कारण झन्डै ४५ हजार परिवार वा १ लाख ८७ हजारभन्दा बढी मानिस बाढी र पहिरोबाट प्रभावित भएको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com