पत्रकार प्रिया अधिकारीको ‘उदाश’ले छोयो मन—मर्मस्पर्शी भिडियो सार्वजनिक

नवलपरासी । बुटवलमा रहेर सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय मोर्डल प्रिया अधिकारीको मुख्य भूमिकामा तयार गरिएको नयाँ मर्मस्पर्शी सांगीतिक भिडियो ‘उदाश’ सार्वजनिक भएको छ। भिन्तुना कला केन्द्रको आधिकारिक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

सार्वजनिक गीतको भिडियोमा प्रिया अधिकारीसँगै रामु आचार्य, टिकाराम शर्मा लामिछाने, रबि रोशी र कृष्ण प्रसाद देवकोटाको दमदार अभिनय देख्न सकिन्छ। त्यस्तै अतिथि कलाकारका रूपमा पुजन लामिछाने, दिपक कार्की तथा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बरालले पनि अभिनय गरेका छन्।

 

गीतले अभिभावकबीचको द्वन्द्वका कारण प्रेममा रहेका जोडीले भोग्नुपरेको पीडा, चोट र भावनात्मक संघर्षलाई मार्मिक रूपमा उद्घाटन गरेको छ। गीतका शब्द रामु आचार्य र सुन्दरलाल श्रेष्ठले लेखेका हुन् भने संगीत तथा स्वर उदय मानन्धरले भरेका छन्।

 

ह्याप्पी मिडियाले निर्माण गरेको भिडियोमा कृष्ण प्रसाद देवकोटाको छायांकन, पुजन लामिछानेको ड्रोन अपरेटिङ, साथै सम्पादन, कथा लेखन र निर्देशन रामु आचार्यले गरेका छन्।