जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट पक्राउ परेका छन् ।

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अछामको ढकारी गाउँपालिका-२ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई प्रहरीले पक्राउ गरेको छ । साउदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।त्यस्तै २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङको जयपृथ्वी नगरपालिका-३ बस्ने २२ वर्षीय सुरज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ