काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।नेपाली कम्युनिष्ट पार्टीले यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरधाममा एकता सन्देश सभा गरिसकेको छ ।