बाँके । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको कोहलपुर नगरपालिका-११ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
